निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दै छ। थपिएको ७ दिनको चौथो दिन आज बैठक बसेर अबको तीन दिनभित्र प्रतिवेदन तयार गर्नेबारे तालिका बनाइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
असार २२ गते गठन भएको समिति तोकिएको दश दिनभित्र निष्कर्षमा पुग्न नसकेपछि बिहीबार ७ दिन थपिएको थियो। समितिले २८ गतेदेखि काम सुरु गरेको थियो।
आइतबार समितिले अर्थमन्त्रालय परिसरको सिसिटिभी फुटेज उपलब्ध नभएको भन्दै सिंहदरबारकै दक्षिण र पूर्वी गेटको सिसिटिभी फुटेज हेर्ने निर्णय गरेको थियो। त्यसअनुसार जेठ १४ गते मध्यान्ह १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म ९२४ घण्टा०को भिडिओ उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्र पठाइएको छ।
बजेट सार्वजनिक गर्ने अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।