गाई चुनाव चिह्नको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश

13.6k Shares
सम्बन्धित पार्टी

राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णयउपर सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुडालको इजलासले आयोगलाई निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको आदेशपछि राप्रपा नेपाललाई गाई चिह्न लिएर चुनावमा जान बाटो खुलेको छ।

राप्रपा नेपाललाई गाई चुनाव चिह्न पाऊँ भनेर पार्टी अध्यक्ष कमल थापाका तर्फबाट हालिएको रिटमा आजको इजलासमा वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र अधिवक्ताहरू नरप्रसाद थापा एवं भूपेन्द्र पोखरेलले बहस गरेको राप्रपा नेपालका प्रवक्ता तथा प्रचार प्रसार विभाग प्रमुख सुरेश आचार्यले बताएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार