काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।
भट्टराई ओभरस्मार्ट बन्न खोजेपछि पार्टीका सभापति शेरबहादुर देउवासमेत तीन शीर्ष नेताले चुनौती दिएका हुन् । देउवासमेत तीन शीर्ष नेताले बूढीगण्डकीमा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भनी लगाएको आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका हुन ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न नेपाली काँग्रेसले माग समेत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने आरोप लगाएका थिए ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा.भट्टराईले बूढीगण्डकी सम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै प्रमाण सार्वजनिक गर्न खुल्ला चुनौती दिएका छन् । “राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ” प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति:


