र्थ मन्त्रालयको बजेट जारी हुने अघिल्लो दिनको सीसीटीभी फुटेज प्रहरीले रिकभर गरे पनि धमिलो भएकाले संसदीय विशेष समितिले मान्छे चिन्न नसकेपछि विज्ञको सहायता लिने निर्णय गरिएको छ ।
डिलिट भएको जेठ १४ गते रातिको सीसीटीभी फुटेज प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट सोमबार रिकभर गरी पठाइएको थियो । समितिले आज बिहान उक्त फुटेजहरु हेर्दा धमिलो र मान्छे चिन्ह नसकिने खालको भएकाले विज्ञहरुलाई बोलाएर छलफल गर्ने तयारीमा समिति लागेको हो ।
उक्त दिन तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करका दरहरु हेरफेर गराएको र सो दिनको सीसीटीभी फुटेज डिलिट गराएको भन्दै चर्को विरोध भएपछि संसदले छानविनका लागि विशेष समिति बनाएको थियो । समितिमा ११ जना साँसद छन् । समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।