नेपाल ‘मनी लन्ड्रिङ’ को कालोसूचीमा पर्नसक्ने खतरा छः गगन थापा

12.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा भएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल ‘फाइन्सियल एक्सन टास्ककोर्ष’ सँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीको कालोसूचीमा पर्नसक्ने खतरा भएको बताएका हुन् ।

थापाले विगतमा कालोसूचीमा पर्दापर्दै नेपाल बचेको भए पनि यो पटक बच्ने अवस्था नभएको भनेर विज्ञहरू त्रसित रहेको औंल्याएका छन् । उनले भने, ‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्न सक्दैनौं ।’

उनले मूल्यांकनको ४० वटा सूचकांकमा नेपालको अवस्था के छ? विज्ञहरूले आशंका गरेको जस्तो कालोसूचीमा पर्नसक्ने अवस्था बन्दै गएको हो भने, त्यसमा पर्न नदिन, त्यसबाट जोगिनका लागि सरकारले के(के गरिरहेको छ ? भन्ने विषय अबिलम्ब संसदलाई जानकारी गराउन समेत सरकारकारसँग माग गरेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार