के मधेशी जनता संविधानबाट सन्तुुष्ट छन  ?

26.5k Shares

हेर्दा, सोच्दा, सुन्दा र भन्दा अचम्म लाग्छ निकै लामो संघर्ष गरेर धेरै समयपछि नेपालले संविधान पाएको हो ।

संविधान सबैलाई समान अधिकार, पहिचान, शक्ति, र समान रुपमा बाँच्न दिने र सिकाउने कानुनी कडी हो । वर्तमान संविधानमा केही विरोधाभासका आवास सुनिएका र देखिएका छन् । मुख्यतया मधेशी केन्द्रित जनतामाझ उनीहरुले बनाएको संविधानले अधिकारमा तल पारियो भने गरेका छन  । मधेशसंगको सम्झौता बारम्बार कागजमा सिमित भएका छन । मधेशसंग गरिएको २००७ मा गरिएको सम्झौता होस वा २०६३ मा २२ बुँदे र २०६४ सालमा सरकार र मधेश मोर्चा बीच ८ बुँदे सहमति सम्झौताले पनि केहि काम गरेन । 

संविधानमा आफनो हक सुनिश्चत नभएपछि तराईका जनताहरुले आक्रोश पोख्ने आन्दोलन चर्काउने र बिद्रोहको बिगुल फुकने काम गरे तर संविधान संशोधनको नाममा फेरी तराई मधेशवासी जनताहरुले आश्वास्नको धोका पाए । संविधान जारी भएको ८ /९वर्ष वितिसक्दा पनि मधेशी जनताले आफनो अधिकार स्थापित गर्न सकेमा छैन्न । अहिले बल्ल आएर संनिधानबाट नागरिकता विधेयकको पहिलो संशोधन स्वीकृत भएको छ तर थाहा छैन कि यो पूर्ण रुपमा पारित हुन्छ भनेर । 

Madheshi_Deependra-Bajracharya.jpg

संविधान देशको शासन व्यवस्थालाई कानूनी रुप प्रदान गर्ने मूल कानून हो । संविधान विना देशले आफनो विविधतापुर्ण राज्य व्यवस्थित र सामाजिक धारहरुलाई परिवर्तनशील बनाउन सकिदैन । त्यसैले संविधान देशको एक महत्वपुर्ण ग्रन्थ हो । संविधान न्यायसंगत नहुँदा मधेशका जनताले आफनो हकहितका लागि आन्दोलन र विभिन्न मोर्चा बनाएर पहिचानको विम्ब खोजनको लागि विभिन्न किसिमका प्रचारवाजी गरे कतिले त मधेश आन्दोलनलाई अर्थहिन बनाउन खोजे, कतिको गलत राजनीतिक मानसिकताले अनाहकमा मधेश जनता सहिद हुन पुगे र आन्दोलनमा क्रममा सहिदको संख्या १०० भन्दा बढी  पुग्यो तर समस्याको मुल जडमा पुग्न भने नेताहरु शुन्य भएका छन । खोइ ति सहिदहरुको रगतको मुल्य कसैको भाइ कसैको आमा र कसैको छोरा छोरी मारीए र कसैको सिन्दुर पुछियो ।
 
अब निकास हुन्छ देशमा विकास हुन्छ अमन चयनले शान्तिको स्वास लिँदै बाँच्न पाइन्छ भनेर सर्वसाधारणहरुले सुनौलो भविष्यको कल्पना गरिरहेका थिए। खै सोचेजस्तो भएन, देश झन्  जातीय, क्षेत्रीय द्वन्द्वमा  हराउने जस्ता झिल्काहरु देखा पर्न थालेका छन्। विषेश गरी मधेश आन्दोलनमा परेका मानिसहरुको कुरा छुट्टै रहेको छ । मधेश आन्दोलन शुरु भएको झण्डै  १४/ १५ वर्ष पुगेको छ तर पनि मधेश आन्दोनमा परेका मानिसहरुले अझै न्याय पाउन सकेको छैन ।   

ताजा अपडेट
सम्बन्धित समाचार