रातारात किन अन्त्य गरियो प्रदेश सभाको अधिवेशन ?

16.2k Shares
सम्बन्धित पार्टी

पोखराः प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी पूरा हुन नसके पछि गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरु अविश्वासको प्रस्ताव ल्याउन  तयार भएका छन् । त्यसैले हिजो राति नै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा पार्टी तयार भएलगत्तै प्रदेश सभा अधिवेशन नै अन्त्य गरिएको हो । नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्दै आज अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । तर हिजो राति  नै अधिवेशन अन्त्य गरियो ।

प्रदेश सभामा अधिवेशन अन्त्य भएको सूचना बिहान साढे १० बजे प्रदेश सभा कार्यालयमा पुगेको छ । गएको चैत २५ गतेबाट अधिवेशन सुरु भएको थियो। 

ताजा अपडेट
सम्बन्धित समाचार