प्रधानमन्त्री ओलीले गरे अर्को चुनावको तयारी

8.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः बैशाखमा दुई चरणको चुनाव गर्ने प्रधानमन्त्रीको सिफारिशलाई फागुन ११ गते सर्वोच्च अदालतले  रद्ध गरेपछि पुनः अर्को चुनावको तयारी गर्न थालिएको छ । 

अविश्वासको प्रस्ताव आउन नसक्ने,आए पनि पारित नहुने र आफैँले विश्वासको मत लिन चाहेमा धरमरको अवस्था भएकाले त्यसैलाई प्रयोग गरी प्रधानमन्त्री पुनः निर्वाचन गराउने सोचमा पुगेको बताइएको छ । स्रोतका अनुसार मंसिर ६ र १७ को गते दुई चरणको निर्वाचन गर्ने योजना बनाएसंगै चुनाव गराउने प्रचार समेत हुन थालेको छ ।

बालुवाटारले गरेको उक्त कार्यको विश्लेषणमा ओलीले विश्वासको मत लिने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नियम उल्लंघन गर्ने ठोकुवा गरेका छन् । त्यसो भएपछि स्वतः विश्वासको मत फेल हुनेछ । अर्कोतर्फ स्वयम नेपाललगायत चार जना नेताहरूलाई मतदानबाट वञ्चित गराउने तयारी भइरहेको छ ।

यता, प्रदेश सरकारमा आइरहेको हलचललाई राजनीतिक वृत्तमा बृहत् लोकतान्त्रिक मोर्चाबन्दीसँग जोडेर हेर्न थालिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार