बाबुराम भट्टराईको नयाँ पार्टी 'नेपाल समाजवादी ' , चुनाव चिह्न आँखा

11.8k Shares
सम्बन्धित राजनीतिज्ञ

जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्।

आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टीले आज वैधानिकता पाएको छ’, उनले भने।

पार्टीको निर्वाचन चिह्न आँखा छ। पार्टीको पहिलो बैठकबाट पदाधिकारी  टुङ्ग्याउने उनले बताए। ‘एक÷दुई दिनमै बस्ने पार्टीको बैठकले नेतृत्वसहित पदाधिकारीको टुंगो लगाउनेछ’, नेता पोखरेलले भने। 

ताजा अपडेट
सम्बन्धित समाचार