गृहमन्त्री खाणँ र अध्यक्ष प्रचण्डबीच भेटवार्ता , के के भयो कुराकानी ?

8.7k Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।

नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन्।

देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार