काठमाडौंः केही दिनअघि माओवादी केन्द्र र हिजो जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
अल्पमतमा परेको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको आज अन्तिम कार्य हुँदैछ । जसमा ६० सदस्यीय प्रदेश सभामा एमालेका २७ जना सांसद रहने छन् ।
जनमोर्चाको ३ जना सांसद र जसपाका दुई जनाले समेत अविश्वासको पक्षमा मतदान गर्ने भएपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार स्पष्ट अल्पमतका साथ संकटमा पर्ने निश्चित देखिएको छ ।
गण्डकी प्रदेशमा जसपाका सांसदहरू हरिशरण आचार्य र धनमाया पोख्रेल लामा दुबै जना डा। बाबुराम भट्टराईनिकट मानिन्छन् । केन्द्रमा महन्थ ठाकुर र राजेन्द्र महतोहरू प्रधानमन्त्री ओलीसङ्ग नजिकिए पनि गण्डकीमा त्यसको ठीक विपरित अवस्था देखिएको छ ।
त्यस्तै,गण्डकीमा ओली निकटको सत्ता हट्ने निश्चित भएसँगै उता कर्णालीमा पनि माओवादी केन्द्रको सत्ता उल्टिने सम्भावना देखिएको छ ।