नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक साउन १५ मा बस्ने भएको छ। पदाधिकारी लगायतको विषयमा छलफलका निम्ति १५ साउन दिउँसो ३ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले बताए।
शुक्रबार बिहानको बैठकमा,अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमणका विषयमा छलफल भएको थियो। बैठकले प्रदेश तथा सम्पर्क मञ्चको बैठकको कार्यतालिका हेरफेर गरेको छ।
मधेश परदेशमा साउन २९ मा तोकिएको बैठको भदौ २ मा हुने भएको छ। यस्तै लुम्बिनी प्रदेशको साउन २६ का लागि निर्धारित बैठक भदौ १ मा र कर्णाली प्रदेशको बैठक भदौ २९ मा हुने प्रवक्ता महराले बताए।
यस्तै, सुदुरपश्चिम प्रदेशको बैठक भदौ ४ मा बस्ने उनले बताए। सम्पर्क मञ्चको बैठक भने भदौ ८ मा बस्ने तय भएको छ।