प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सांसद लालबाबु पण्डितले त्रिभुवन विश्वविद्यालयमा पटक–पटक तालाबन्दी गर्दा बन्द हुने अवस्थामा पुगेका उल्लेख गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कारण त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो भन्दै प्रश्न गरे ।
“त्रिभुवन विश्विद्यालय सबैले आशा राखेको हाम्रो पहिलो विश्वविद्यालय हो । तर, आज सत्ता नजिक रहेको विद्यार्थी सिंगठन नेविसंघद्वारा लगातार तालबन्दी भएको छ,” उनले भने, “के त्रिविलाई बन्द गर्न खोजेको हो ? यसमा सत्ताधारी पार्टी र नेपाली कांग्रसको ध्यान पुग्छ या पुग्दैन ?”
उनले संविधानले नेपालमा तीन तहको संघीयता लागु गरे पनि प्रशासनिक संघीयता लागु नभएको बताए ।