काठमाडौंः नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अर्का एक जना फरार रहेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न २२ वर्षीय मनोज तामाङलाई पक्राउ गरेको छ । रामेछाप घर भई गठ्ठाघर बस्दै आएका उनीसँगै नसिन लिम्बुले राति सांसद रावल बसेको घरमा ढुंगा हानेका थिए ।
तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए । तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएका छन् । उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।