एम अधिकारी र सीसीटीभी फुटेज साँटासाँट भयो, सीसीटीभीको हार्ड डिस्क दिनुस् म गर्छु रिकभरः रवि लामिछाने

13.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले शर्मामाथिको संसदीय छानबिनमा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन् ।

‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला ।’

नेकपा एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ दल र तिनका भ्रातृ संगठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए । 

ताजा अपडेट
सम्बन्धित समाचार