जनता समाजवादी पार्टी (जसपा) छाडेर आफ्नै पार्टी निर्माणको अभियानमा जुटेका पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले गोरखाका तीन जनालाई आफ्नो उत्तराधिकारी बनाउने चाहना व्यक्त गरेका छन्।
उनले स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटालाई गोरखबाटै निर्वाचित गरेर आफ्नो उत्तराधिकार बनाउने चाहना व्यक्त गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘गोरखामा जन्मेर विश्वनागरिक बनेका प्रतिभाशाली बौद्धिकहरू स्वर्णिम वाग्ले, उत्तमबाबु श्रेष्ठ र लक्ष्मी देवकोटा लगायतलाई गोरखाबाट निर्वाचित गरेर आफ्नो उत्तराधिकार सुम्पन पाए र केही दशक देशको नेतृत्वमा पुर्याउन पाए कस्तो हुँदो हो भन्ने मनको लड्डुु म पनि खाने गर्छु। यो निर्वाचन प्रणालीले के देला ररु’
उनले आफ्नो उत्तराधिकारीलाई निर्वाचित गराएरै अगाडि सार्ने इच्छा भएपनि निर्वाचन प्रणाली बाधक हुनसक्ने आकलन गरेका छन्।