एमाले विभाग प्रमुखहरूको बैठक सुरु

14.7k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्य योजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए । 

ताजा अपडेट
सम्बन्धित समाचार