पटकपटक धोखा पाए अब आफूहरू उधारोमा डिल नगर्ने  - महन्थ ठाकुर 

22.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  जसपाका अध्यक्ष महन्थ ठाकुरसंग प्रधानमत्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियोे । 

प्रधानमन्‍त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएका थिए । जसमा दुवै पक्षका कार्यदल सदस्यको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन ।


प्रधानमन्‍त्रीसँग वार्तामा ठाकुरले भने, पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्‍ने बताएका थिए । उनले पटकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए।

जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार