एसपीपीबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दै

14k Shares
यो पनि

संसदीय समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको हो ।

बैठकमा अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल हुने बताइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एसपीपीबारे छलफल हुन लागेको हो ।

एसपीपी सम्झौतामाथि विवाद भएपछि नेपाल सरकारले अमेरिकालाई पत्र पठाउने निर्णय गरिसकेको छ । आज बस्ने समितिको बैठकमा त्यसबारे छलफल हुने छ ।

गत १३ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिसकेको दाबी गरेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार