मधेस प्रदेश सरकारले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग विभाग स्थापना सहितका निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतको सचिवालयले जानकारी दिएको छ।
प्रदेश मन्त्रिपरिषद्ले सिरहाको लहाल, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा १र१ वटा गरी ३ वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ।
मन्त्रिपरिषद् बैठकले हाल धनुषा जिल्लाको जनकपुरधाममा संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ।