काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ ।
शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ। बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण पनि आजै राखिएको उनले बताइन्। शाक्यका अनुसार ललितपुरको महालक्ष्मीमा दिउँसो शपथ ग्रहण कार्यक्रमसँग बैठक पनि हुने छ। दुबै जिल्ला कमिटीका पदाधिकारीलाई प्रदेश इञ्चार्ज शाक्यले शपथ गराउने छिन्।