प्रधानन्यायाधीशले अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्छ : सूर्य थापा

19.8k Shares
सम्बन्धित पार्टी

नेकपा एमालेका नेता सूर्य थापाले चोलेन्द्र शमशेर जवरा प्रधानन्यायाधीशका रुपमा अदालतमा गएर जिम्मेवारी सम्हाल्नुपर्ने बताएका छन् ।

जवराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव साढे पाँच महिनासम्म पनि अलपत्र अवस्थामै रहेकोे सन्दर्भमा नेता थापाले संसद्ले यो प्रस्ताव टुङग्याउने सामथ्र्य राख्दैन भने, सभामुख अग्नि सापकोटाले अगाडि बढाउनुहुन्न भने जवरा अदालतमा जानुपर्ने उनको तर्क छ ।


यस्तै नेता थापाको अर्को प्रसंगमा माधव नेपाल समूह र माओवादी केन्द्र एमालेसँग मिल्न नसक्नु उनीहरुकै लागि दुखको कुरा भएको बताएका छन् । एमालेसँग पनि मिल्न नसक्ने, आफू–आफू पनि मिल्न नसक्ने समाजवादी केन्द्र बनाउने भनेर नेपाली कांग्रेसमाथि दवाव बढाउन दुईचार दिन फुर्ती लाएको आरोप समेत लगाए ।

एक्लै नसक्ने र आफ्नो भविष्यदेखि र अस्तित्व रक्षाका लागि छट्पटाइरहेका तत्वहरुले तालमेलको मुरली बजाइरहेको बताउँदै नेता थापाले त्यस्तो मुरलीको धुन सुनेर लठ्ठीने जनसमुदाय नभएको प्रस्ट पारे । उनीहरुको अवस्था स्थानीय तहको निर्वाचनमा जनताले देखाइदिएको नेता थापाको भनाइ छ ।

नेकपा एमाले अहिले तालमेलमा नभएर जनतासँगको गठबन्धन र सेवामा लागेको नेता थापाले दाबी गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार