काठमाडौंः शनिबार प्रधानमन्त्री ओलीले राजनीतिक घेराबन्दीमा पर्ने अवस्था निर्माण भएकै बेला भोलि ११ बजे सर्वदलीय बैठक डाकेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि आह्वान गरिएको संसद अधिवेशन बिजनेस विहिन अन्त्य गर्ने तयारी भइरहेका बेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
साथै, आफूविरुद्ध विपक्षी दलहरु मोर्चाबन्दी कस्न हौसिएका बेला उनले यस्तो बैठक डाकेका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ भने ओली विरुद्ध समेत अविश्वास प्रस्ताव ल्याउने तयारी तीब्र बनाइएको छ ।