निर्वाचनपछि नेकपा ब्युँतिने वामदेव गौतमको ठोकुवा

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ

 नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सङ्घ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँतिने ठोकुवा गरेका छन् ।

नेकपा विभाजन नहुँदै र विभाजनपछि पनि आफू कम्युनिस्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको भन्दै गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरिएको बताउनुभयो। हिजो भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गौतमले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि भए पनि पार्टी एकता हुनुपर्ने गरी आफूहरू लागेको बताए ।


पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उनले दाबी छ । तर, सधैँभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिस्टका बीचमा कुनै फरक नरहने गौतमको भनाइ छ।

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भए पनि सहभागी हुने पनि बताए । कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने उनको भनाई छ । 

ताजा अपडेट
सम्बन्धित समाचार