काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धेरै समयपछि प्रधानमन्त्रीको फोन आएको बताएका छन् । ललितपुरमा नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा धेरै समयपछि प्रधानमन्त्री ओलीको फोन आएको बताए ।
मलाई थाहाँ छैन यो राम्रो हो कि नराम्रो हो रु म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो । ओलीको फोन आएपछि लामो समय भाषण नगरी दाहाल कार्यक्रमस्थलबाट निस्केका छन् ।