विरोधीलाई फकाउन भित्र भित्रै बनाए ओलीले यस्तो रणनीति !

9k Shares
सम्बन्धित पार्टी

काठमाडौंः प्रधानमन्त्री ओली सार्वजनिक रुपमा बोल्दा आफ्ना विपक्षीहरुप्रति एकदमै नकारात्मक टिप्पणी गर्छन् भने आफ्ना विरोधीलाई लोकतन्त्र र विकास विरोधीको संज्ञा दिन पनि हिच्किचाउँदैनन् । तर भित्र भित्रै विरोधीलाई फकाउन र रणनीति बनाउन उनी खप्पिस छन् । 

पार्टी भित्रका विरोधी नेताहरु माधवकुमार नेपाल लगायत चार जनालाई कारबाही गरेपछि उनी बाहिर जति कुर्लिने गरे तापनि भित्र भित्रै  गलेको अवस्थामा प्रस्तुत हुने गरेको देखिन्छ ।  नेपाल र केही जातीय दुश्मन ठानेकाहरुलाई गलहत्याउने ओलीको दाउ रहेको छ । त्यसका लागि उनी नेपाल पक्षीय नेता कार्यकर्तासँग लचक हुने गरेका छन् ।   

केही दिन यता पार्टी अध्यक्षले नेपाल पक्षीय सांसदहरुसंग बेग्लाबेग्लै छलफल गरेको समेत स्रोतले खुलाएको छ । त्यस्तै, विरोध खतिवडा ओलीको विरोधमा प्रष्ट देखिएपनि धेरै टिप्पणी नगर्नेमा पर्छन् । मकवानुपरबाट निर्वाचित खतिवडासँग ओलीले गएको साता बेग्लै कुरा गरे । अप्रत्यक्ष रुपमा ओलीले खतिवडालाई मन्त्री पद दिनेसम्मको प्रलोभन दिएको स्रोतको भनाई छ । जवाफमा खतिवडाले नेताहरुको व्यक्तिगत लडाईंको सिकार पार्टीलाई नबनाइयोस् भनेका थिए । नेताहरु नमिलेसम्म आफूहरु पनि यस्तै अवस्थामा रहन वाध्य हुने धारणा समेत उनले राखेका थिए ।

यस्तै ओलीले नेपालका सम्धी सोमप्रसाद पाण्डेसँग पनि पटक पटक भेटवार्ता गरेका छन् । नेपालसँग बाहिर जस्तो व्यवहार भएपनि भित्र मित्रवत रहने भन्दै वातावरण बनाउन ओलीले आग्रह गर्ने गरेका छन् । पाण्डे पनि ओली र नेपालबीच सम्बन्ध सुमधुर बनोस् भन्ने पक्षमा रहेका छन् ।

ओलीले नेपाल पक्षीय नेताहरुसंग भेटवार्ता गरेर सबैसँग आफूलाई सघाउन ओलीले आग्रह गरेको स्रोतको भनाई छ । तर सबै नेताहरु नै नमिलेसम्म आफूहरु मिल्न सक्ने अवस्था नरहेको नेपाल पक्षीय नेताहरुले जवाफ दिएका थिए ।

कारबाही गरिएका नेताहरुमाथिको कारवाही तत्काल फिर्ता लिनुपर्ने उनीहरुको माग थियो । ओलीले पनि कारबाही फिर्ता गर्ने संकेत गरेका थिए । तर अहिले गठन गरिएका सबै समानान्तर कमिटी खारेजी गर्नुपर्ने बताएको स्रोतको भनाई । यसबारे थप छलफल गर्न ओलीले भेटेका सांसदहरुले आग्रह गरेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार