टिकट पाउनै लाखौं खर्च लाग्ने भएपछि इमानदार नेता कार्यकर्ता राजनितीबाट पाखा लाग्दै

22k Shares
यो पनि

काठमाडौं : आगामी निर्वाचनमा टिकट पाउनै लाखौं खर्चनुपर्ने अवस्था आएपछि इमानदार तर पैसा नभएका नेता–कार्यकर्ता राजनीतिबाट पाखा लाग्दै गरेका छन्। निर्वाचन आयोगले आगामी मंसिरभित्र निर्वाचन गर्ने तयारी गरेको छ । 

२०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिंदै छ । निर्वाचन भनेपछि उम्मेदवार कसरी छान्ने भन्ने सवाल आउँछ । हरेक निर्वाचनमा लोकप्रिय कि नेताप्रियलाई उम्मेदवार बनाउने भन्ने रडाको हुने गर्छ । त्यो रडाको अहिले पनि सुरु भईसकेको छ । लोकप्रियहरुलाई पाखा लगाएर नेताप्रियहरुलाई निर्वाचनमा उम्मेदवार बनाउने परिपाटी बस्दै आएको हो ।

चुनाव नजिकिंदै गर्दा निर्वाचन प्रणालीदेखि उम्मेदवारले गर्ने खर्चका विषयमा समेत चर्चा हुन थालेको छ ।  राजनीतिक दलका नेता–कार्यकर्ता नै निर्वाचन खर्च अत्यधिक महँगो भएको प्रतिक्रिया दिँदै छन् । खर्च नगरी चुनाव जित्नै नसकिने उनीहरूको धारणा छ । निर्वाचन आयोगले नै उम्मेदवारलाई लाखौं खर्च गर्न छूट दिँदै आएको छ ।

आयोगले हरेक निर्वाचनमा आचारसंहिता परिवर्तन गर्दै खर्चन पाउने रकमको सीमा बढाउने गरेको छ । तर त्यही निर्वाचनमा टिकट लिर्नका लागि नेता–कार्यकर्ताहरु तम्तयार भएका छन । विशेषगरी तराई क्षेत्रमा टिकट पाउन मुुस्किलनै पर्ने गरेको छ । त्यहाँ कति मानिसले मधेश आन्दोलनमा सहभागी भएर आफ्नो ज्यान समेत सदएका छन तर त्यस परिवारका मानिसहरुले न त न्याय नै पाए न त निर्वाचनमा लडी आफ्नो हक पाउन नै सके । 

पैसाले चुनाव जितिन्छ भन्नु गलत  :  मुख्यमन्त्री भट्ट पैसाले चुनाव जितिन्छ भन्नु गलत : मुख्यमन्त्री भट्ट

धनुषा जनकपुर क्षेत्र नम्बर ३ बाट सदाशिव मिश्र (ओधबाद ) आगामी निर्वाचनमा उठ्ने सोचमा छन । तर, भड्किलो खर्चकै कारण निर्वाचनमा लड्ने आँट हराउन थालेको बताए  । अब सामान्य व्यक्तिले चुनाव उठ्ने कल्पनै नगरे हुने भयो, उनले भने ,जसले खर्च गर्न सक्छ उसैले जित्ने अवस्था आउन थाल्यो । विगतमा मनोनयन, प्रचारप्रसार लगायतमा अलि अलि खर्च गर्दा पुग्थ्यो,भने अहिले खाना–खाजा, गाडीको खर्च त छँदै छ, मत समेत किनबेच हुन थालेको छ । 

निर्वाचनमा गरिने प्रचार, कार्यकर्ता परिचालन, उनीहरूको खाना, खाजादेखि इन्धन खर्च, तुल, ब्यानरसम्मका सम्पूर्ण खर्चको भार उम्मेदवारकै थाप्लोमा पर्ने गरेको छ ।केन्द्रीय नेताको चुनाव खर्च बेहोर्ने शर्तमा टिकट हत्याउने प्रवृत्तिले पनि चुनाव महँगो हुँदै गएको कतिपय नेता–कार्यकर्ताको बुझाइ छ । यदि यस्तो हो भने पैसा हुनेले टिकट सजिलै पाउँछन तर पैसा नहुुनेले त कहिल्यै पनि राजनिति गर्न पाउँदैनन त ? 

  

ताजा अपडेट
सम्बन्धित समाचार