काठमाडौं : देशभर बाढी पहिरो प्रकोप व्याप्त छ।गएका वर्षमा झै यो वर्षमा पनि तराई डुबान परेको छ । काठमाडौँ लगायत अन्य स्थानपनि जलमग्न भएका छन्। कतिपय स्थानमा सवारी साधन र घर नै डुबानमा परेका छन् । सामाजिक सञ्जालपनि बाढी पहिरोको भयंकर प्रकोप देख्न सकिन्छ। तराईका धेरै वस्तीका मानिसहरुको निद हराम हुने गरेको छ । मुसलधारे पानी दर्किन थालेपछि घरमा कतिबेला बाढी छिर्ने हो पत्तो हुन्न। पुरैवस्ती डुबानमा पर्ने भएकाले जनधनको क्षती नभएको वर्ष हुन्न। खेतमा लगाएका अन्नबाली घरपालुवा जनावरको बिचल्ली हुन्छ ।
आज बिहान ४ बजेदेखि सप्तकोशी नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन,लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् । उदयपुरका अनुसार अहिले नदीले ७० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको जिल्ला प्रहरी कार्यालयले पोलिटिक्स नेपाललाई बताएका छन । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।
राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन
सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । तर हरक बर्ष नेपाली नागरिकले कात्र कति दु ख खप्ने । नेपालले भारतसगँ गरेको सम्झौता कारण नेपालमा हरेक वर्ष बर्खायाम सुरुभएपछि नेपालको तराई भेगमा बस्ने मानिसमा सधैं चिन्ता हुने गरेको छ । कहिले भुकम्प पिडित , कहिले बाडी पिडित , कहिले आधिबेरी पिडित , नेपाली सधै किन पिडित रु यदि सरकारले सम्झौता गर्दा ध्यान दिएको भए नेपाल कसैको पनि अधिनमा बस्नु पर्दैनथ्यो तर नेपालको सरकार यति लाजमर्दो छ किन पहिले पनि आफ्नो स्वार्थ हरे र त्यहीँ अहिले आएर पनि ।

सप्तकोशीमा पानीको बहाब बढेपछि भारतका केहि स्थानमा पनि असर गर्ने गरेको छ तर भारतका मानिसहरु डुबानमा पर्ने डरले भारतीय सुरक्षाकर्मीहरुले सप्तकोशीको ढोका बन्द गर्न दबाब दिइरहेका छन्। सप्तकोशीको ढोका पुरै खोल्दा सिमाना जोडिएका भारतीय वस्तीहरु डुबानमा पर्ने खतरा हरेक वर्ष हुन्छ । फलस्वरुप भारतीय सुरुक्षाकर्मीहरुले आफ्नो वस्ती जोगाउन हरेक वर्ष दादागिरी देखाउने गरेका छन । सोही कारण नेपालका वस्तीहरु डुबानमा पर्ने गर्छन्। यस्तो दबाब भारतीय सुरक्षाकर्मीले वर्षेनी दिने गर्छन्। नेपालको वस्ती डुबानमा पर्दा पनि भारतीय सुरक्षाकर्मीले बाध खोदैन्न तर यहि उनीहरुको वस्ती डुवानका परेको भए नेपालको बारेमा केहि जसोची सप्तकोशीको ढोका खोल्थे ।
सरकार किन चुप
विगतका वर्ष पनि यस्तै भीषण बाढी र पहिरोका कारण कैयौँ नेपालीले ज्यान गुमाए। तर सरकारले समयमा नै यसको व्यवस्थापन अझै गर्न सकेको छैन। हरेक वर्ष यस्तो घटना हुने गरेको छ तर पनि सरकार भने सधैं चुप लागेर बस्ने गरेको छ किनभने नेपाल त भारत सरकारको गुुलाम हो र नेपालले त्यही मान्नुपर्छ जे हरेक वर्ष भारतले आफ्नो जमिन जोगाउन सप्तकोशीको ढोका खोल्दैन चमहे नेपालको मानिसको मृत्यस नै किन नहोस् । वर्षेपिच्छे दोहोरिने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकारले ल्याएको कार्ययोजना, यसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी बन्न सकेका छैनन् । कार्ययोजना त बन्छन तर कार्यनयन भने कहिल्यै पनि समयमा हुने गरेको छैन । विपत् व्यवस्थापनका लागि ३ तहको सरकारबीच समन्वय र सहकार्य हुनु जरुरी छ तर नेपालमा भने सबै आफ्नो आफ्नो बाटो लाग्ने गरेका छन ।