काठमाडौ । शनिबार बिहान ११ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बहिष्कार गर्ने भएका छन् ।
आजको सर्वदलीय बैठकमा प्रचण्ड र नेपाल दुबैले आ-आफ्नो विचारका अनुसार सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।
समसामयिक राजनीतिको छलफल, संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।