प्रतिनिधिसभाको बैठक बस्दै , यस्ता छन सम्भावित कार्यसूचीसहित

9k Shares

काठमाडाैंः संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।  आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ । 

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।  प्रतिनिधि सभाको आजकै बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे पनि छलफल हुने भएको छ । 

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेछ,” सम्भावित कार्यसूचीमा उल्लेख छ । 


  

ताजा अपडेट
सम्बन्धित समाचार