ओलीको निम्तो किन प्रचण्डलाई अस्विकार  ?

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  शनिबार सर्वदलिय बैठकमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई फोनमा निम्तो दिएर बोलाएपनि प्रचण्ड ठाडै अस्विकार गर्नुभयो । 


प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोलाई पुष्पकमल दाहाल " प्रचण्ड" सहित नेकपा एमालेका माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई पनि स्वीकार गरेनन् ।  प्रधानमन्त्री ओलीले शुक्रबारै प्रचण्डलाई फोन गरेरै वैठकमा भाग लिन बोलाएका थिए । तर प्रचण्डले शनिबार बसेको वैठक बहिस्कार गरिदिएका छन् । 


नेकपा एमालेमा ओली कै चेपुवामा पर्दै गएर समानान्तर संरचना बनाउन व्यस्त रहेका खनाल–नेपालले ओलीले बोलाएको वैठक बहिस्कार गर्नु तत्कालका लागि सान्दर्भिक नै देखिएला । तर सर्वदलिय वैठकमा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्ने कोही भएन । नेकपा माओवादी केन्द्रले भने आफूहरुलाई सर्वदलीय बैठकबारे जानकारी नदिइएको बताएको छ । 

प्रचण्डलाई फोन आएपनि पार्टीलाई आधिकारिक जानकारी नआएको भन्दै माओवादीले वैठक नै बहिस्कार गर्यो ।

ताजा अपडेट
सम्बन्धित समाचार