किन रौतहट जाँदै छन अध्यक्ष ओली ?

12.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने भएका छन्। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लागेको उनको सचिवालयले जनाएको छ।  

नेकपा एमाले रौतहटको आयोजनामा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिए। बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।

गौर नगरपालिकाका पूर्व नगर प्रमुख गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० परित्याग गरेर एमालेमा प्रवेश गर्न लागेका हुन्। 

 

ताजा अपडेट
सम्बन्धित समाचार