काठमाडाैंः स्थानीय चुनावपछि अब हुने संघ र प्रदेश चुनावमा नेताहरू आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित गर्न थालेका छन् । कतिपय नेताहरूले उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् भने पार्टीका ठूला नेताहरू पनि आ–आफ्नो चुनावी क्षेत्र सुरक्षित बनाउन आन्तरिक कसरत सुरु गरेका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा। सीके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरिसकेका छन । जनमत पार्टीका नेता बीपी साहका अनुसार डा। राउतको जन्मस्थान र घर पनि सोही क्षेत्रको महादेवा गाउँमा रहेकोले डा। राउत उक्त क्षेत्रबाट निर्वाचनमा उठ्ने भएका छन्।
सप्तरी क्षेत्र नम्बर २ बाट २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। पछिल्लो स्थानीय तहको निर्वाचनमा जसपाले उक्त क्षेत्रमा हार व्यहोर्नु परेको हो । यसअघि राजेन्द्र महतोले अगामी चुनाव सप्तरीबाट लड्ने सोच बनाएका छन्
राजेन्द्र महतो र उपेन्द्र यादव सप्तरीमा भिड्दै
जसले चुनाब लडे पनि मधेश केन्द्रीत दलहरु एउटा गठबन्धन बनाएर चुनावमा जानु पर्ने र मधेशका मागहरुमा साझा धारणा बनाएर अघि बढ्नु पर्ने विषयमा छलफल भएको जनमत पार्टीका एक नेताले पोलिटिक्स नेपाललाई बताएका छन । सप्तरीबाट रावत, यादव र महताेमा कसले मार्ला बाजी ?