प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री खनाल भेट्दै , के विषयमा होला कुराकानी ?

14.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः नेपालको चियामा भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराउन पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

भारतले नेपालको चियामा थप कर लगाउँदा स्वदेशी चिया व्यवसायीलाई परिरहेको मर्काबारे पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवालाई अहिले बिहान साढे ९ बजे भेटेर कुरा राख्ने भएका हुन् । भेटमा समसामयिक राष्ट्रिय राजनीति, अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धनलगायतको विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका सम्मानित नेता आज बिहान प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा पुग्ने कार्यक्रम छ ।

ताजा अपडेट
सम्बन्धित समाचार