नैतिकताको भाषण दिने प्रदेश १ का यि मन्त्रीले लुटे सरकारी ढुकुटी !

13.7k Shares
सम्बन्धित पार्टी

विराटनगरः प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नै घरमा बसेर प्रदेशसभा सचिवालयबाट चार वर्षसम्म आवास सुविधा लिएको पाइएको छ ।

जयराम यादव प्रदेशमा नैतिकताको भाषण दिदैं हिड्ने मन्त्री मध्ये एक हुन् । खाज उनै मन्त्रीको हर्कतले उनको आलोचना सुरु भएको छ । 
गत कार्तिकमा जनता समाजवादी पार्टीबाट भागबण्डामा  मन्त्री बनेका उनले चार वर्षसम्म सचिवालयबाट आवास सुविधावापत वार्षिक रुपमा एकमुष्ट बुझेको खुलासा भएको छ ।  

कसले लिन मिल्छ आवास सुविधा ?

प्रदेश १ संसद सचिवालयका अनुसार प्रदेशसभा सचिवालय भन्दा १५ किलोमिटर आसपास घर भएका सांसदले आवास सुविधा नपाउने कानुनी व्यवस्था छ । तर प्रदेशसभाबाट करिब पाँच किलोमिटर दक्षिण विराटनगर महानगरपालिका– १४ जतुवा घर भएका यादवले मासिक रुपमा आवास सुविधा लिइरहेका छन् ।

हाल सम्म कति रकम बुझे ? 

उनले आर्थिक वर्ष २०७४–०७५ मा ८६ हजार ८९६ रुपैयाँ बुझेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक लाख ८० हजार रुपैयाँ आवास सुविधा बुझेका छन् । आर्थिक वर्ष २०७६–७७ मा २ लाख २८ हजार रुपैयाँ आवास सुविधा बुझेका थिए । आर्थिक वर्ष २०७७–०७८ मा पनि २ लाख २८ हजार रुपैयाँ बुझेका प्रदेशसभा सचिवालयको विवरण छ ।

प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार यादवले चार वर्षमा आवास सुविधावापत ७ लाख २२ हजार ८९६ रुपैयाँ बुझेका छन् ।

यादवले घर आफ्नो नाममा नभएका कारण प्रदेशसभाबाट आवास सुविधा लिएको बनावटी प्रतिक्रिया दिएका छन् । ‘हिजो घर मेरो नाममा थिएन’, उनले भने, ‘अहिले मेरो नाममा छ ।’ मन्त्री भएपछि भने आवास सुविधा नलिएको यादवले बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार