विचार नमिल्ने दलसँग एमालेले गठबन्धन नगर्ने सुवासचन्द्र नेम्वाङको भनाइ

11k Shares
सम्बन्धित पार्टी

काठमाडौंः  नेकपा एमालकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् ।

पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले यो आरोप लगाएका हुन् । यस्तै उनले आउँदो मङ्सिर ४ गते प्रदेश सभा र सङ्घीय चुनावमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताउनुभयो ।

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो ।

उपनेता नेम्वाङले वर्तमान सरकारका कमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरूलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार