गणेशप्रसाद तिमिल्सिनाले दिए सरकारलाई कडा चेतावनी, के काम गर्ला त सरकारले ?

9.4k Shares

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताए ।

आज (बुधबार) राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट बञ्चित हुनुपरेको बताए । उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट बञ्चित हुनुपरेको बताए। अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने भन्दै कामहरु समयमै सक्नुपर्ने बताए ।

उनले सरकारले योजना गर्दा व्यवहारिक गर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय गौरव भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउने कुरा हुनुनहुने बताए । उनले समयमै योजनाहरुको काम सकिएको छ वा छैन् भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्ने समेत बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार