काठमाडाैंः स्थानीय चुनाव सम्पन्न भएपछि सरकारले संघीय चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धन एकातिर छ भने प्रतिपक्षी दल एमाले आफ्नै दाउमा छ। सत्ता गठबन्धनकै एउटा दल नेकपा माओवादी केन्द्र पनि राजनैतिक दाउपेचमा ब्यस्त देखिन्छन । यहि सब विषयमा नेकपा माओवादी केन्द्रका भातृ संगठन नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय सदस्य कुलभुषण शेखर शर्मासँग सरकारका काम, आउँदो संघ र प्रदेशको निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पोलिटिक्स नेपालका लागि शिवम मिश्रा गरेको कुराकानीको सम्पादित अंश :
१. तपाई पेशाले इन्जीनीयर तपाई कै कुरालाई आधार मान्ने हो भने २०५६सालदेखि विद्यार्थी राजनितिमा होमिनुभएको छ तपाईलाई माओवादीमा लाग्न अभिप्रेरणा कसरी आयो ?
- २०५६ सालमा म ओभरसियरमा अध्ययन गर्दै गर्दा मधेशबाट आएकाहरुलाई हेप्ने नराम्रो ब्यबहार गर्ने र गरिबलाइ गरिने ब्यवहार अर्कै रहेको र विद्यार्थी संगठनले सोझो र निमुखाहरुलाई सहयोग गर्रौ र पार्टीले हेपाहा प्रविधि हटाउने उद्देश्यले त्यता लागेको हो
२. २०५६सालमा माओवादी केन्द्र द्धन्द्ध कालमा थियो , भुमिगत हुँदा त्यति बेला थाहा थियो कि माओवादी केन्द्रमा आबद्ध हुदाँ पछि कस्तो हुन्छ या हेपाहा प्रविधिबाट बच्न को लागि मात्र पार्टीमा जुट्नुभएको ?
- भन्नै पर्दा हेपाहा प्रविधि हटाउन र आफ्नो करियरमा कस्तो हुन्छ र अरु पार्टीले गरेका कामले कहिले काँही डर पनि लाग्ने गरेको तर भुमिगतबाट बाँच्यौं भने राम्रो पार्टी बन्न् आशा चै थियो।
३ तपाई माओवादी केन्द्रमा लागेको दुई दशक भन्दाबढी भइसक्यो , तपाईलाई कस्तो लाग्छ कि पार्टी चुन्नुमा सहि या गलत निर्णय गरे जस्तो लाग्छ ?
- त्यतिखेर छान्दा पनि सहि लाग्यो र अहिलेपनि कांग्रेस एमाले भन्दा नि म माओवादीमा सन्तुष्ट छु ।
४ तपाई पार्टीको कार्यकर्ता कि चम्चा , इतिहास हेर्दा कार्यकर्ता भन्दा चम्चा बढी छन तपाईले कसरी लिनुभएको छ ?
- म पार्टीको कार्यकर्ता र पार्टीमा चम्चाको प्रविधि बढ्दै गएको छ । सबैमा आफ्नो आप्m्नो स्वार्थ रहेको जो कार्यकार्ता , चम्चा बन्ने गरेका छन । मेरो कुरा गर्दा म चै पार्टी अध्यक्षको लाइामा नै हिड्ने गरेको र अध्यक्षले गरेका नराम्रो कार्यहरुलाई खण्डन गरी प्रश्न गर्दै आएको छु
५. केन्द्रिय समितिले कार्यकर्ताका कुरालाई कसरी लिने गरेको छ ?
- पहिलाको हेराईमा पार्टी बिग्रेको छ । यदि चुनाबकै आधारमा हेर्ने हो भने पहिलाको भन्दा अहिले पार्टी राम्रो नतिजा ल्याएको छ । काठकाडौ र मधेशमा कतै खसेको छ भने अन्य जिल्लामा राम्रो छ । यसलाई बिग्रेको भन्न मिल्छ तर सखाप भएको भन्न मिल्दैन । प्रचयण्ड बिना पार्टी नै चन्दैन । पार्टीका कार्यकार्ता र अध्यक्षमा केहि कमीकमजोरी रहेका छन जसले गर्दा पार्टी बिचमा बिर्गियो तर अहिले भने कार्यकर्ताले दिएको सल्लाह सुझाव अनुसार नै भएको छ ।
६. गठबन्धनले झनै बर्बाद हुनुभयो तपाईहरु , नेकपा फुट्दा योगेश भट्टराईहरु पतपाई कै पक्षमा थिए तर अहिले एमाले नै प्यारो भयो किन ?
- गठबन्धनको कारणले पनि हो । तर केपि ओलीको दण्डले गर्दा जनताले पनि प्रचण्डलाई नै साथ दिएको छ । योगेश भट्टराई नेता नै होइन्न र उसले जता देख्छ त्यतै जाने मान्छे हो र उ एक असरवादी हो र यस्तो माओवादीमा पनि रहेका छन ।
७. भातृ संगठन र बुद्धिजिवीले त सहि र गलत देखाउने हो र तपाईहरुले भनेका कुरा प्रचण्डले कतिको मान्नुहुन्छ ?
- भातृ संगठनहरुले पनि राम्रो काम गर्न सकेको छैन । बुद्धिजिवीले सल्लाह सुझाव लिएन भने निति अनुसार त्यसलाई बन्द गर्ने नियम नै हुन्छ । र अहिलेको परिस्थितिमा प्रचण्डले बुद्धिजिवीहरुसँग छलफल गर्दै निर्णय लिने गरेको छ ।
८. २०७४ / २०७९ को निर्वाचनमा पार्टी खस्कियो कि कस्तो छ ?
- स्थानीय निर्वाचनमा त राम्रै देखियो तर सम्रगमा भएको छैन , सन्तोष जनक छ तर त्यतिले पुग्दैन । अभ्यास कार्य गर्नुपर्छ ।
९. आगामी चनाबको लागि माओवादीको कस्तो तयारी अवस्थमा छ ?
- गठबन्धनकाट नै जाने तयारी छ र स्थानीय निर्वाचनमा जसको बढी भोट आएको छ त्यसलाई संघ नदिने र त्यही अनुसार नै संघ र प्रदेश दिने तयारी हुदैछ ।