दुगडको 'बिगुल' तोरी तेल: अखाद्य वस्तु मिसावट गरेर जनताको स्वास्थ्य संग खेल्दै 

38.1k Shares

काठमाडौं: चर्चित के. एल दुगड ग्रुप अन्तर्गत रहेको स्वस्तिक आयलले गम्भीर लापरबाही गरेको पाइएको छ । 

बुढिगंगा ५ मोरङमा फ्याक्ट्री राखेर स्वस्तिक आयल इण्डष्ट्रीज प्रा. लिले उत्पादन गर्दै आएको बिगुल शुद्ध तोरीको तेलमा अखाद्य वस्तु मिसावट गरेको पाइएको छ । के.एल दुगड ग्रुप अन्तर्गत रहेको स्वस्तिकले तोरी तेलको नाममा उपभोक्ताको भान्सासम्म बीस पुगाउने गरेको देखिएको छ । 

जहिले विवादित रह्ने दुग्ड ग्रुप राजनीतिक शक्तिको आडमा जनता मार्ने काम गर्दै आएको पटक पटक पुष्टि भएको छ । 

बिगुल तेल प्रयोग गरेको केहिबेर मै लेदो जस्तो हुने गरेको भेटिएको छ । सामान्यतया तोरीको तेल कुनै मौसममा नजम्ने तेलको रुपमा रहेको छ । तर तराईको यस्तो गर्मीमा शुद्ध भनिएको तोरीको तेल यसरी लेदो झै जम्नुले तेलको गुणस्तर माथि अनेकन प्रश्न उठाएको छ । 

हामीले राम्रो स्वास्थयका लागि भनेर किनेको तेलमा यसरी अखाद्य वस्तु मिसावट गरेर कसरी उपभोक्ताको जिवन संग खेल्न सक्छ एक उपभोक्ताले प्रश्न गरे केही पैसाको लोभमा यसरी जनता मार्ने काम गर्नु न्यायोचित कसरी होला ? 

यश विषयमा के. एल दुगड ग्रुप संग कुरा गर्दा जवाफ आएन ।

ताजा अपडेट
सम्बन्धित समाचार