काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् ।
सामाजिक सञ्जालमा मेयर शाहले लेखेका छन् ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३ सय ५० पुग्छन् ।’
उनका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । हिजो बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् ।
मेयर शाहका अनुसार काठमाडौँ बाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुनेगर्छ । तर नियमित फोहर उठ्न सकेको छैन । फोहरले काठमाडौँ सडक दुर्गन्धित बनेको छ ।