प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच किन भयो फेरि भेटघाट ? 

12.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं ।  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच करिब दुई घण्टा कुराकानी भएको हो । ओलीलाई भेट्न अध्यक्ष ठाकुर पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यदलका सदस्यसहित बालुवाटार पुगेका थिए।


 लुम्बिनी सरकारविरुद्ध अविश्वास प्रस्ताव आएको भोलिपल्ट भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अविश्वास प्रस्तावमा जसपाका सांसदहरुले हस्ताक्षर गरेका थिए। 


मधेस आन्दोलनका आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ताको प्रगतिबारे छलफल भएको भेटवार्तामा सहभागी जसपा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।

 

ताजा अपडेट
सम्बन्धित समाचार