नागरिकता विधेयक फिर्ता  गर्नु  विभेदकै निरन्तरता भएको सिके राउतको आरोप 

26.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता लिएको विषयलाई सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकलाई नागरिकता नदिने प्रपञ्‍च भएको आरोप लगाएको छ। विधेयक फिर्ता लिनु शासकहरूले मधेशीलाई गर्ने विभेदकै निरन्तरता भएको जनमत पार्टीले बताएको छ।

पार्टीका नेता बीपी साहले कहिले दलीय सहमतिको नाममा त कहिले अदालतको नाममा र अहिले राष्ट्रपतिको नाममा नागरिकताबाट मधेशीहरूलाई वञ्चित राख्ने कार्य जारी रहेको बताएका हुन्।

उनले सत्तामा मधेशीहरूको सहभागिता नबढोस्, प्रशासनमा मधेशी कमजोर रहुन्, मानसिक रूपमा गुलाम रहिरहोस् र आत्महत्या गरोस् भन्ने मनसाय शासक वर्गमा देखिएको आरोप लगाएका छन्।  यो कदमले कालान्तरमा द्वन्द्व र हिंसा निम्त्याउन सक्ने भएकाले त्यसप्रति राज्य र राजनीतिक दल सचेत हुन जरुरी रहेको बताएका छन्।

राष्ट्रपतिले १५ बुँदे मनगढन्ते र भावनात्मक गद्य लेखेर राज्यविहीनहरूसँग जारी रहेको विभेदलाई निरन्तरता दिन नसक्ने बताउँदै साहले विधेयक फिर्ता हुनु निन्दनीय कार्य भएको बताएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार