काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ ।
आज बसेको बैठकमा फेरि बुधबार बस्ने बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ।
आज बनाएको एजेण्डाको रूपमा रिपोर्टिङ, पार्टी विधान, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय कमिटी बैठक, नयाँ सरकार गठन र वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता तथा विविध तय गरिएको छ। हठात् अस्वाभाविक ढंगले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै बैठकले भत्र्सना गरेको छ। कोभिड-१९ को दोस्रो लहर देखापरेको भन्दै माओवादीले कोरोना नियन्त्रणमा लाग्न आह्वान गरेको छ। सरकारले आफैँले गरेको निर्णयविपरीत भिडभाड हुने काम गरेको भन्दै माओवादी केन्द्रले निन्दा गरेको छ।
बैठकपछि नेता श्रेष्ठले राष्ट्रियताका लागि पनि वर्तमान सरकार परिवर्तन आवश्यक रहेको बताए। ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार बनाउन पहल भइरहेको उनले बताए। संवैधानिक रूपमा निर्वाचन हुने अवस्था बने आफूहरूलाई मान्य हुने उनले बताए। ओली सरकारले निर्वाचन घोषणा हुने, तर निर्वाचन नगर्ने खतरा पनि उत्तिकै रहेको उनले बताए।