अध्यक्ष यादवले दिए राष्ट्रपतिलाई चुनौति , के नागरिकता विधेयक पुनः पारित होला ?

20k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताएका छ।

पिछडा वर्ग महासंघको मधेस प्रदेश भेलालाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निष्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि पठाइने बताए। 

उनले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने भनी संविधानले नै सुनिश्चित गरिसकेकाले नेपाली नागरिकका सन्तानहरूलाई नागरिकताबाट वञ्चित गर्ने षड्यन्त्र भए आफूहरू सडक र सदन दुवै ठाँउबाट आन्दोलन गर्ने बताए। 

अघिल्लो सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गरेको भन्दै अध्यक्ष यादवले अहिले संसद्‍बाट पास भएको विधेयक फिर्ता गर्नु उचित नभएको उनले जिकिर गरे। 

शिक्षा, स्वास्थ्य र सामाजिकरूपमा पछाडि परेको पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउने जिम्मेवारीसमेत राज्यकै रहेको उल्लेख गर्दै उनले पिछडा वर्गलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए।

ताजा अपडेट
सम्बन्धित समाचार