काठमाडौंः सत्ता गठबन्धन दलले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै फेरि पठाउने निर्णय गरेको छ। आज मंगलबार बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पुनस्पठाउने निर्णय गरेको हो।
राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता पठाएको पत्र संसद्मा पनि पेस भइसकेको छ। सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'राष्ट्रपतिलाई भएको संवैधानिक अधिकार बमोजिम नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संसद्ले पुन पठाएमा प्रमाणीकरण गर्नै पर्ने व्यवस्था भए बमोजिम पुनस् पठाउने निर्णय भएको छ।'
त्यस्तै सत्य निरुपण मेलमिलाप आयोगको सन्दर्भमा वृहत रुपमा छलफल गरी टुंग्याउन विधेयक अघि बढाउने सहमति पनि पाँच दलबीच भएको कार्कीको भनाइ छ।