ओली सरकारले सभामुखसंग परामर्श नगरी अधिवेशन अन्त्य गर्नु संसदीय अभ्यास विपरीत

11.6k Shares
सम्बन्धित पार्टी

काठमाडौ ।  सोमबार एकाएक प्रतिनिधिसभाको हिउँदे अधिवेशन  अन्त्य हुनुमा मुख्य कारक सरकार संकटमा नै हो भन्ने प्रश्न बनेको छ । 


मंगलबार १ बजे बोलाएको प्रतिनिधिसभा बैठकमा  परामर्श नगरी सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सत्तारुढ एमालेसँगको सहमतिमा सभामुख सापकोटाले मंगलबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए।


सभामुखसँग परामर्श नगरी ओली नेतृत्वको सरकारले अधिवेशन अन्त्य गर्नु संसदीय अभ्यास विपरीत हो। ओली सरकारको यो कदमले सभामुखको मात्र होइन, संसदीय व्यवस्थाको पनि अपमान भएको राजनीतिक विष्लेषण छ। प्रायः संसद् अधिवेशन अन्त्य राति ९ बजेदेखि लागू हुनेगरी गरिएको इतिहास छ।

तर यो अधिवेशन दिउँसो १ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको छ। राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्रमा सभामुखलाई सम्बोधन गरिएको छ।

यसअघि संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर अधिवेशन अन्त्यको पत्र पठाइन्थ्यो। गएको बर्खे अधिवेशन अन्त्यको सिफारिस गर्दा पनि सभामुखसँग सल्लाह गरिएको थिएन।

 

ताजा अपडेट
सम्बन्धित समाचार