संसदमा पनि दुई स्वतन्त्र मेयर बालेन र हर्क साम्पाङको `ब्याटल´को चर्चा

12.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ

काठमाडौ : स्वतन्त्र दुुई मेयर काठमाडौ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको दोहोरीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको दोहोरीको विषय संसदमा उठाएका हुन् ।
उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए ।

साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

ताजा अपडेट
सम्बन्धित समाचार