नागरिकता कसले पाए कसले पाएका छैनन् छानबिन गर्न भीम रावलको माग

12k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः नेकपा (एमाले)का सांसद भीम रावलले नागरिकता क-कसले पाएका छैनन् र क-कसले गैरकानुनी रूपमा पाएका छन् भनेर छानबिन गर्नुपर्ने बताएका छन्।  

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले भने, 'भारत, बंगलादेशसहितका देशमा गरिएको अभ्यास राख्न नेपालमा किन आपत्ति ? ’ उनले आफ्नो भनाइ राख्नुअघि नागरिकता सस्तो बनाइएको र सदन नै दाउमा रहेको भावमा कविता सुनाएका थिए।


'राष्ट्रपतिले यो विधेयक पुनर्विचारका लागि पठाउनु संवैधानिक रूपमा उचित मात्र होइन, राष्ट्रियताको रक्षाका लागि यो उहाँको दायित्व पनि हो,' सांसद रावलले भने, 'भारत, बंगलादेशसहितले अभ्यास गरेको वैवाहिक नागरिकताका लागि हदम्याद राख्ने कुरामा किन आपत्ति हो ?'

ताजा अपडेट
सम्बन्धित समाचार