नागरिकता विधेयक पारित हुनु सकारात्मक कुरा भएको भट्टराईको भनाई

12.2k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेको छ । यस विषयमा पक्ष र विपक्षमा मतहरु प्रकट भइरहेका छन् ।

यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता विधेयक पारित हुनु सकारात्मक कुरा भएको बताएका छन् । तर उक्त विधेयकमा पनि विभेदकारी व्यवस्था रहेकाले सच्याउन आवश्यक भएको उनले बताएका छन् ।

‘लाखौं नेपाली नागरिकताविहीन भइरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ’, डा। भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘परन्तु आमाको नाउँबाट नागरिकता लिँदा बाबुको ठेगान नलागेको स्वघोषणा जस्ता अपमानजनकरविभेदकारी प्रावधान, छोरी र छोराका दम्पतीलाई अंगीकृत नागरिकतामा विभेद, गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनै पर्छ ।’

ताजा अपडेट
सम्बन्धित समाचार