जसपालाई कांग्रेसभन्दा लोसपासँग मिल्दा बढी फाइदा हुने

13.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः जनता समाजवादी पार्टी नेपालको तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले विभिन्न विभागको गठन, प्रदेश तथा राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज, आसन्न निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्डलगायतका प्रस्ताव गरेका छन् ।
सो प्रस्तावमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा पाँच दलीय गठबन्धन वा जसपा–लोसपा गठबन्धन गरेर जाने भन्ने बारेमा पनि नेताहरुले धारणा राखिरहेका छन् । स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनबाट जसपाभन्दा कांग्रेसले बढी फाइदा लिएको र संघ तथा प्रदेशको चुनावमा पनि त्यस्तै हुने आशंका व्यक्त भइरहेको राजनीतिक समितिका सदस्य अमरेशनारायण झाले बताए ।

खासगरी तराई मधेसमा पाँच दलीय गठबन्धनसँग भन्दा लोसपासँग गठबन्धन गर्दा जसपालाई बढी फाइदा हुने तर्क पनि बैठकमा उठेको छ । कतिपय नेताले लोसपा–जसपाबीच गठबन्धन हुनुपर्नेमा जोड दिँदै शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन् ।

विगतको चुनावमा लोसपा–जसपा (संघीय समाजवादी फोरम र राजपा) गठबन्धन भएकै कारण दुवै दल प्रदेशदेखि संघसम्म शक्तिशाली बनेको भन्दै उनीहरुले पाँच दलीय गठबन्धनबाट त्यो सम्भावना नदेखिएको जिकिर गरिरहेका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार